काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजार सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् ।शुक्रबार नबिल स्टक डिलर लिमिटेडको सुभारम्भ समारोहमा बोल्दै उनले भने, ‘मैले सरकारलाई कुनै झोले योजना बुझाएर आएको होइन । गभर्नेन्स, इन्फोर्समेन्ट र इम्प्रुभमेन्ट गर्छु भनेर स्पष्ट खाकासहित आएको हुँ ।’कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले संचारमाध्यमप्रति लक्षित गर्दै सेबोनबाट जाँदाजाँदै महत्वपूर्ण नीतिगत सुधारको काम गरेर जान आग्रह गरिनु पर्नेमा त्यस्तो नभइरहेको गुनासो गरे । उनले लकइन अवधिका सम्बन्धमा सीडीएससी र नेप्सेले लगानीकर्ताहरुले सजिलोसँग हेर्न पाउने गरी सबै कुरा अनिवार्य उल्लेख गर्नुपर्ने...


